नेपाल शिक्षक संघ दैलेखले मनायो स्थापना दिवस
मातृभूमी संवाददाता । ३० वैशाख दैलेख
नेपाल शिक्षक संघको स्थापना दिवस दैलेखमा पनि मनाईएको छ । ‘गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेशाको पुर्वाधार’ भन्ने मुल नाराका साथ नेपाल शिक्षक संघको ३४ औँ स्थापना दिवस दैलेखमा पनि मनाईएको हो ।
दैलेख सदरमुकाममा रहेको सरस्वती वृद्धाश्रममा भोजन भण्डारा कार्यक्रम तथा शुभकामना आद्रानप्रदान गरि स्थापना दिवस मनाईएको नेपाल शिक्षक संघ जिल्ला कार्य समिति दैलेखले जनाएको छ ।
भोजन भण्डारा कार्यक्रम तथा शुभकामना आद्रानप्रदान कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक संघ संघीय कार्य समिति सदस्य केशव भण्डारी, विशेष अतिथि नेपाल शिक्षक संघ प्रदेश कार्य समिति महासचिव कृष्ण वहादुर थापा लगाएत जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आ-आफ्नो भनाईसँगै शुभकामना मन्तव्य राखेका थिए ।