महाबुका १ हजार ६ सय जनाको आँखा उपचार

मातृभूमी संवाददाता । ०१ जेष्ठ दैलेख
दैलेखको महाबु गाउँपालिकामा संचालन भएको आँखा शिविरमा १ हजार ६ सय ४९ जनाले सेवा लिएका छन् । महाबु गाउँपालिका दैलेखको आयोजना तथा तेज कोहली एण्ड रोहित फाउण्डेसन र आँखा अस्पताल सुर्खेतको सहकार्यमा संचालन भएको आँखा शिविरमा १ हजार ६ सय ४९ जनाले सेवा लिएका हुन् ।
बैशाख २२ गते देखि सुरु भएको शिविर २७ गतेसम्म बस्तीस्तरमा सञ्चालन भएको थियो । शिविरमा १ हजार ६ सय ४९ जनाको आँखा र २ सय ६० जनाको कानको जाँच गरिएको महाबु गाउँपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले जानकारी दिए ।
शिविरमा २ सय ४८ जनाको मोतिविन्दु छनोट समेत गरिएको थियो । मोतिविन्दु छनोट भएका १ सय ८ जनाको महाबु अस्पतालमा वैशाख २९ देखि ३१ गतेसम्म अपरेसन गरिएको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले वताए ।
शिविरमा आँखा उपचार गराएका विरामीलाई आवश्यकता अनुसार चश्मा समेत वितरण गरिएको र उनीहरु सबैको अपरेसन र औषधी निःशुल्क वितरण गरिएको महावु गाउँपालिका दैलेखका कार्यवाहक अध्यक्ष मन्जु शर्मा पाण्डेले जानकारी दिए ।
यसैगरी कान जाँच गराएका मध्ये ४० जनाको अपरेसनका लागि रेफर गरिएको छ भने २० जनाको कानमा मेशिन प्रयोग गर्नुपर्ने जनाईएको छ ।
शिविरमा आँखा अस्पताल सुर्खेतमा कार्यरत नेत्ररोग विशेषज्ञ डाक्टर मन्जु पन्तको नेतृत्वमा चिकित्सक टोली खटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *