दैलेखको महावु गाउँपालिकाको आफ्नै पाठ्यक्रम

मातृभूमी संवाददाता । ०१ जेष्ठ दैलेख
दैलेखको महावु गाउँपालिकाले आफ्नै पाठ्यक्रम पढाउने भएको छ । गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम बनाएर लागु गर्ने तयारी गरेको छ । गाउँपालिकाले शैक्षिक सत्र २०८० देखि गाउँपालिकाभरका विद्यालयमा लागु हुने गरी पाठ्यक्रमको तयारीलाई अन्तिम रुप दिन सफल भएको महावु गाउँपालिका वडा नं. २ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता प्रकाशराज थापाले जानकारी दिए ।
पालिकालाई शिक्षा ऐनले दिएको अधिकारलाई प्रयोग गर्दै गाउँपालिका भरीका कक्षा १ देखी ८ सम्म लागू हुने गरी पाठ्यक्रम निर्माणको तयारीलाई अन्तिम रुप दिईएको महावु गाउँपालिका दैलेखका कार्यवाहक अध्यक्ष मन्जु शर्मा पाण्डेले वताईन् । गाउँपालिकाले कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम यसै शैक्षिक सत्रदेखी लागू गर्ने तयारी गरिएको कार्यवाहक अध्यक्ष पाण्डेले जानकारी दिईन् ।
नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै गाउँपालिकाले पाठ्यक्रम निर्माणको तयारीलाई अन्तिम रुप दिईएको महावु गाउँपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले वताए ।
पुस्तकमा महावु गाउँपालिकाका पर्यटकीय स्थल, गाउँपालिकाको भौगोलिक अवस्था, आर्थिक अवस्था, सामाजिक अवस्था, राजनीतिक अवस्था, ऐतिहासिक स्थलबारे जानकारी, हावापानी, कृषि तथा त्यसको सम्भावना लगायतका बारेमा उल्लेख गरिएको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *