दैलेखकाे एक स्वास्थ्य केन्द्रमा आगजनी, १५ लाख बढिको क्षति
मातृभूमी संवाददाता । ०२ जेठ दैलेख
दैलेख दुल्लु नगरपालिका ७ बाहुनगाउँमा रहेको आधारभुत स्वास्थ्य केन्द्रमा आगजनी भएको छ । गएराति भएको आगजनीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दुल्लुले जानकारी दिएको छ । गएराति स्वास्थ्य केन्द्रमा आगजनी भएको र राति नै आगो निभाइएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डांगीले जानकारी दिए ।
स्वास्थ्य केन्द्रको एउटा कोठामा आगजनी भएको र उक्त कोठामा रहेका सम्पूणर् सामग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक डांगीले वताए । उनले कसले के कारणले आगजनी गर्यो भन्नेबारे थप अनुसन्धान भैरहेको वताए ।