दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
मातृभूमी संवाददाता । ०२ जेठ दैलेख
दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । दैलेखको डुङ्गेश्वर गाउँपालिका २ लाकुरीको खाम्तेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका हुन् । सोमवार राती ११ बजेतिर सुतीरहेको बेला प्रविन विकको घरमा चट्याङ पर्दा एकै परिवारका चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
चट्याङ लागेर घाइते भएका चार जना मध्ये दुई जनाको अवस्था गम्भिर रहेको र दुई जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी किशोर लम्सालले जानकारी दिए । चट्याङ लागेर घाइते भएका २१ वर्षिय पारस विक र १६ वर्षिया हेमा विकको अवस्था गम्भिर रहेको छ भने १७ वर्षिया पूणर्ा विक र २० वर्षिया पुष्पा विक समान्य घाइते भएको डिएसपी लम्सालले वताए । घाइतेहरुलाई राती नै उद्धार गरी जिल्ला अस्पताल दैलेखमा उपचार गराईरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।