दैलेखको नौमूलेमा आफैलाई गोली हानी हत्या

मातृभूमी संवाददाता । ०५ जेठ दैलेख
दैलेखको नौमुले गाउँपालिका ५ गुराँसेमा गोली लागेर एक जनाको मृत्यु भएको छ । नौमुले गाउँपालिका ५ का कणर् बहादुर बुचामगरले आफुले आफैलाई गोली हानेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
बुचामगरले आफ्नै घरको बार्दलीमा आफुले आफैलाई गोली हानेको भनी स्थानीयले प्रहरीलाई खवर गरेको जिल्ला प्रहरी कार्यलय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कमल आर्चायको कमाण्डमा टोली खटाइएको दैलेखका प्रहरी प्रमुख लम्सालले वताए ।
घटना बारे अनुसन्धान गर्न टोली खटाइएको र त्यसको अनुसन्धान पछि मात्र वास्तविक कुरा बाहीर आउने लम्सालले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *