दैलेखमा नक्कली परिक्षार्थी पक्राउ

मातृभूमी संवाददाता । ०६ जेठ दैलेख
दैलेख प्रहरीले नक्कली परिक्षार्थीलाई पक्राउ गरेको छ । दैलेखको गुराँस गाउँपालिका २ मा रहेको शान्ति माध्यामिक विद्यालयवाट नक्कली परिक्षार्थीलाई पक्राउ गरिएको दैलेख प्रहरीले जनाएको छ ।
शान्ति मावि सेरी परिक्षा केन्द्रवाट दुल्लु नगरपालिका १३ की संगिता शाहीको परीक्षा दुल्लु नगरपालिका १३ कै कल्पना वलीले दिई रहेका वेला चेकजाँच गर्दा नक्कली परिक्षार्थी रहेको पाईएपछि पक्राउ गरिएको दैलेख प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए ।
कक्षा १२ को ऐच्छिक नेपाली विषयको परिक्षा नक्कली परिक्षार्थी वलीले दिईरहेको पाईएपछि केन्द्राध्यक्षले दुबै जनालाई आवश्यक कारबाहिका लागि प्रहरीलाई वुझाएका थिए ।
दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रमुख लम्सालले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *