जनप्रतिनिधीका एक वर्ष : गफाडी मेयरको अलपत्र योजना, न बिकास न निकास

मातृभूमी व्युरो । ०८ जेठ दैलेख
स्थानीय तहका जनप्रतिनिधीले सपथ ग्रहण गरेको एक वर्ष पुरा भएको छ । यो एक वर्षमा दैलेखका जनप्रतिनिधीले काम भन्दा पनि गफ मात्रै वढि दिने गरेका छन् । चुनावताका चिल्ला भाषण र मिठा कुरा गरेर निर्वाचित भएका दैलेखको नारायण नगरपालिकाका मेयर लोमन शर्माले निर्वाचनका वेला गरेका वाचा विर्सिएको उनकै कार्यकर्ताहरुले वताउने गरेका छन् ।
मेयर शर्माले निर्वाचनका वेला ‘एक घर एक रोजगारी’ दिने भनेर जनतालाई झुक्याएर चुनाव जितेको नगरवासीको गुनासो छ । यो एक वर्षमा रोजगारीका लागि कुनै पनि कामको सुरुवात नभएको नगरवासीहरु वताउँछन् । मेयर शर्माले रोजगारी दिने भन्दा पनि युवाहरुलाई विदेश जाऊ भनेर सुझाव दिने गरेको नाम नछाप्ने शर्तमा एक स्थानीयले वताएका छन् ।
यस्तै मेयर शर्माले व्यावसायिक शिक्षामा जोड दिने भनेर मिठो कुरा गरेका थिए । उनले भनेको व्यवसायिक शिक्षा अहिलेसम्म नारामा नै सिमित छ । मेयर शर्माले जोड दिने भनेको व्यवसायिक शिक्षा र दैलेख सदरमुकामका विद्यालयले लिने शुल्कमा कुनै तादम्यता मिलेको छैन । उनले व्यवसायिक शिक्षामा जोड दिने भन्दै गर्दा नगरपालिका क्षेत्र भित्रका सरकारी विद्यालयका विद्यार्थीले पाठ्पुस्तक किन्नु पर्ने वाध्यता रहेको छ ।
त्रिभुवन माविले अंग्रेजी माध्यममा पढाउने भन्दै विद्यार्थीलाई किताव किन्न लगाएको छ । उक्त विद्यालयले विद्यार्थीवाट परिक्षा शुल्क वापत प्रति विद्यार्थी २ सय ५० र अङ्ग्रेजी माध्यममा पढाउने भन्दै १ हजार ४ सयसम्म किताब किन्न लगाउने गरेको छ । मेयर शर्माले रोजगारीको कुरा घोषणा पत्रमा लेख्दै गर्दा र प्रतिवद्धता पत्रमा लेख्दै गर्दा वालवालिकालाई कापि किताव किन्ने पैशा नहुँदा कामको खोजीमा भारत जानुपर्ने वाध्यता रहेको नगरवासीको भनाई छ । आफ्ना वुवा रोजगारीका लागि भारत गएको र ३ दाजुबहिनीका लागि किताब किन्न झन्डै ४ हजार रुपैयाँ लागेको मेयर शर्माकै वडा नारायण नगरपालिका १० भवानीका राजकुमार शर्मा वताए ।
काम कुरो एकातिर कुम्लो वोकी ठिमितिर भन्ने नेपाली उखान यतिवेला दैलेखको नारायण नगरपालिकाले प्रयोगमा ल्याएको नगरवासीको भनाई छ । एक स्थानीयले नाम नछाप्ने शर्तमा नागरिकका समस्या एकातिर भएको र नगरप्रमुखले मिठा भाषण, चिल्ला कुराले लठ्ठ पार्नमै दिन विताउँने गरेको वताए ।
दिगो विकास र जनताका समस्या त कता हो कता विकासका नाममा सस्तो लोकप्रियता कमाउने होडमा दिनहुँ मेयरले केहि न केहि नयाँ गर्न खोजेपनि त्यसको प्रगति भने शुन्य नै देखिन्छ । गफ दिएर ठिक्क पार्नमा माहिर नगरप्रमुख शर्माले देखावटि विकासका नाममा नौटंकी विकास गर्ने गरेको टिप्पणी हुन थालेको छ ।
दैलेख सदरमुकामको मुख्य बजार क्षेत्रमा काम गर्न लागेको झण्डै ४ महिना पुग्न थालेको छ । काम कछुवा गतिमा भैरहेको छ । बजार क्षेत्रका अबैध र सदरमुकामलाई कुरुप बनाउने संरचना हटाएर बजार क्षेत्र केही हदसम्म फराकिलो र सफा चिरिच्याट्ट पार्ने भन्दा नागरिक जति उत्साहित थिए अहिले कामको गति हर्दा आजित भएको नागरिकको गुनासो छ । माघ १७ गते विहान ८ वजेदेखी सदरमुकाम क्षेत्रका अवैध र कुरुप वनाउने संरचना भत्काउन थालिको थियो । झण्डै चार महिना पुग्न लाग्दा पनि सदरमुकाम क्षेत्रको मुख्य वजार क्षेत्र लथालिंग छ ।
चुनावताका सुशासनको नारालाई मेयर शर्माले जोडतोडका साथ उठाएका थिए । अहिले कार्यालयमा खोजेको समयमा कर्मचारी नभेटिने । राजनितिक कामले देश दौडाहामा निस्किने गरेको नागरीकको भनाई छ । के यहि हो सुशासन ? यहि हो बिकास ? यहि हो नगरपालिकाको कर्तव्य भन्दै पश्न गर्न थालेका छन् ।
अहिले आम नागरिकहरु गफाडी मेयरको अलपत्र योजना, न बिकास न निकास भन्दै खिसि ट्युरी गर्न थालेका छन् । जिल्लाकै सवैभन्दा पुरानो र जेठो नगरपालिकाको विकासको वारेमा सामाजिक संजाल फेसवुकमा निकै आलोचना र टिका टिप्पणी हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *