आमाको सम्झनामा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना
मातृभूमी संवाददाता । १२ जेठ दैलेख
दैलेखको महावु गाउँपालिका वडा नं. २ रहेको शिव नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । महावु गाउँपालिका वडा नं. २ का अध्यक्ष प्रकाशराज थापाले आफ्नी आमाको सम्झनामा अक्षयकोषको स्थापना गरेका हुन् ।
वडाध्यक्ष थापाले आफुले एक बर्षको अबधिमा राज्यवाट पाएको सेवा सुविधा एवं पारिश्रमिकबाट उक्त विद्यालयमा अक्षयकोषको स्थापना गरेको वताए । विद्यालयमा बिधालयमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।
उक्त रकमवाट आउने व्याजले विद्यालयमा अध्ययनरत गरिव, विपन्न तथा जेहेनदार बिद्यार्थीलाई सहयोग होस् भन्ने हेतुले स्वर्गीय आमा लता थापाको सम्झनामा अक्षयकोषको स्थापना गरेको वडाध्यक्ष थापाले वताए ।
आफ्नी आमा पनि शिक्षण पेशामा संलग्न भएको हुँदा आमाको इच्छा अनुसार गरिब निमुखा सबैले पढ्न लेख्न पाउनु पर्छ भन्ने आमाको उद्देश्य रहेको हुँदा कोषको स्थापना गरिएको थापाले वताए ।