पेट्रोलिय पदार्थ उत्खननका लागि जग्गा अधिग्रण गर्न शुरु

मातृभूमी संवाददाता । १३ जेठ दैलेख
दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण अन्र्तगत मुख्य ड्रिलिङका लागि जग्गा अधिग्रहण गर्ने प्रक्रिया शुरु भएको छ । दैलेखको भैरवी गाउँपालिका १ रावतकोटको जलजलेमा जग्गा अधिग्रहण गर्ने पक्रिया शुरु भएको हो ।
गत माघ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम अन्वेषणका लागि जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने निणर्य गरेको थियो । सोहि निणर्य अनुसार जग्गा प्राप्तीका लागी प्रारम्भिक प्रतिबेदन जिल्ला प्रशासन कार्यलयमा बुझाएसंगै जिल्ला प्रशासनले जग्गा प्राप्ती गर्न सुचना जारी गरेको छ ।
दैलेखका प्रमुख जिल्ला गोगन बहादुर हमालले मुख्य ड्रिलिङका लागी नेपाल सरकारले ४५ रोपनी जग्गा अधिग्रहण गर्ने निणर्य गरे बमोजीम जग्गा धनिले मुआब्जा दाबी गर्न आ-आफ्नो भोगचलन गरिरहेको निस्साको प्रमाण सहित १५ दिनभित्र निवेदन दिन सूचना प्रकाशन गरिएको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी हमालले सूचनामा अधिग्रहण गर्नुपर्ने जग्गामा लगाईएको बाली, रुख काट्न, घर पर्खाल भत्काई लैजानका लागि ३५ दिनको समयसिमा तोकिएको वताए । भैरवी गाउँपालिका १ जलजलेका २४ जना स्थानीयको करिब ४५ रोपनी जग्गा अधिग्रहण गरिनेछ ।
मुख्य ड्रिलिङका लागि २२ हजार ६ सय ४५ वर्गमिटर क्षेत्रफल जग्गा आवश्यक पर्ने खानी तथा भूगर्भ विभागका भूगर्भबिद् डा. दिनेशनाथ त्रिपाठीले वताए । यसअघि नै चाईना जियोलोजिकल सर्भेको विज्ञ टोलीले साइस्मिक, जियोलोजिकल, म्याग्नेटो टेल्युरिक, जिओकेमिकल स्याम्पलिङ सर्भे लगाएतका काम गरिसकेको र अव मुख्य ड्रिलिङको काम हुने भूगर्भबिद् डा. त्रिपाठीले वताए ।
स्थलगत सर्भेको काम सकेर कोरोना माहामारी सुरु हुनासाथ २०७६ फागुनमा चीनियाँ टोली चीन फर्किएको थियो । २०२२ सम्म अन्वेषणको काम सक्ने गरि सम्झौता गरिएको भएपनि कोरोना महामारीको कारण हुन सकेन् । २०७८ चैत्र १४ गतेको मन्त्रिपरिषद् बैठकले परियोजनाको म्याद दुई वर्ष थप गर्ने निणर्य गरेको थियो ।
जग्गा अधिग्रहणको काम अगाडी बढेसँगै मुख्य ड्रिलिङका लागि आवश्यक पर्ने उपकरण ल्याउन सक्ने गरी सडक पूर्वाधार स्तरोन्नतिको काम बाँकी रहेको भूगर्भबिद् डा. त्रिपाठीले वताए ।
सुर्खेतदेखी साङ्गेतडासम्मको सडक स्तरोन्नतीका लागि आवश्यक रकम उद्योग मन्त्रालयको बजेटबाट ब्यर्होने गरी अर्थमन्त्रालयमा सहमतीका लागी पठाएको र त्यसको कुनै प्रतिक्रिया नआएको तथा साङ्गेतडा-जम्बुकाँध सडक खण्डको स्तरोन्नतीका लागि कणर्ाली प्रदेश सरकारलाई अनुरोध गरिएको भएपनि हालसम्म कुनै जवाफ नआएको वताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *