विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सधैं तत्पर छु : मन्त्री विसी
मातृभूमी राजनितिक व्युरो । १४ जेठ दैलेख
कर्णाली प्रदेशका उद्योग, पर्यटन, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीले विद्यालयको शैक्षिक गुणस्तर विस्तार गर्नका लागी आफुले आफ्नो क्षेत्रवाट सक्दो सहयोग गर्ने वताएका छन् । जय जनता माध्यामिक विद्यालयको ५० औँ वार्षिक उत्सव कार्यक्रममा वोल्दै मन्त्री विसीले यस्तो वताएका हुन् ।
आगामी आर्थिक वर्षको वजेटमा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागी सक्दो सहयोग गर्ने मन्त्री विसीले प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री विसीले यो विद्यालयले जिल्लाको शिक्षा क्षेत्रमा ठुलो योगदान गरेको भन्दै विद्यालयको शैक्षिक गुणस्तर अझ वृद्धि गर्नका लागि सवै लाग्नु पर्ने वताए ।
उनले जय जनता माध्यामिक विद्यालय जोरेवाँझको शैक्षिक स्तर उन्नतीका लागी आफु सधैं तत्पर रहेको वताएका छन् । उनले आफुले पनि सोहि विद्यालयमा अध्ययन गरेको वताउँदै विद्यालयलाई यहाँसम्म ल्याई पुराउने सम्पुणर् शिक्षाप्रेमीहरुलाई सम्झदै धन्यवाद समेत व्यक्त गरे ।