वेथिति श्रृंखला-४२ : दैलेखको नारायणमा भ्रमणका नाममा ४ लाख वढि अनियमितता
मातृभूमी संवाददाता । २५ जेष्ठ दैलेख
दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले अनाआवश्यक ठाउँको भ्रमण गरी ४ लाखभन्दा बढी रकम अनियमितता गरेको पाईएको छ । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले कामकाज बेगर लुम्बिनी, मुस्ताङ, बाग्लुङ, रुकुम पूर्व तथा जाजरकोट भ्रमण गरी ४ लाख २२ हजार ४ सय २० रुपैयाँ अनियमितता गरेको पाईएको हो ।
भ्रमण खर्च नियमावली, २०६४ अनुसार सरकारी कामको सिलसिलामा कार्यालयभन्दा बाहिर भ्रमण वा काजमा खटिएका पदाधिकारी तथा कर्मचारीले भ्रमण खर्च पाउने उल्लेख गरिए पनि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले अनाआवश्यक ठाउँको भ्रमण गरी सरकारी सम्पत्ति अनियमितता गरेको महालेखाले जनाएको छ ।
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ मा प्रयोजन बेगर लुम्बिनी, मुस्ताङ, बाग्लुङ, रुकुम पूर्व तथा जाजरकोट भ्रमण गरेको ४ लाख २२ हजार ४ सय २० रुपैयाँमा अनियमितता गरेको उल्लेख छ । यस विषयमा नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लसँग वुझ्दा उनले आफूले महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अध्ययन नगरेकाले अहिले केहि नभनी पछि वताउने जानकारी दिए ।