आगोले जलेर घाइते बालकको उपचारमा सहयोगको अपिल

मातृभूमी संवाददाता । २३ असार दैलेख
आगोले जलेर घाइते बालकको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन् । दैलेखको नौमुले गाउँपालिका २ का ५ बर्षका सुजल दर्लामि गएको चैत्र ६ गते जलेर घाइते भएका थिए ।
उनको काठमाडौ लगेर उपचार गर्दा आर्थिक अभाबका कारण घरमा फिर्ता ल्याएर अहिले घरेलु उपचार भैरहेको छ । उनका बुबा तिल बहादुर दर्लामी पनि शारिरिक रुपमा अपांग छन् । तिलकबहादुरको एक आँखा नभयको तथा आन्द्रामा पनि घाउ भै उपचारको लागि आर्थिक अभाब भएको जनाइएको छ ।
आमा पबित्रा दर्लामी शारिरिक रुपमा अशक्त दुबै हात भाचिएर निको भै अहिले काम गर्न नसक्ने अबस्थामा रहेकाले उनीहरुको उपचारका लागि आर्थिक सहयोग गर्न चाहाने सहयोगी मनहरुले सहयोग गर्न परिवारले आग्रह गरेको छ ।
सहयोग गर्न चाहाने सहयोगी मनहरुले एनएमबी बैंक नौमुले शाखामा कमल प्रसाद जैसीको नाममा रहेको खाता नम्बर 1040159192400017 सहयोग गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *