विषालु च्याउ खादा एकै परिवारका ५ जना गम्भीर
मातृभूमि संवाददाता । २३ असार दैलेख
दैलेखको महाबु गाउँपालिका २ डुङग्रिमा विषालु च्याउ खादा एकै परिवारका ५ जना बिरामी भएका छन् । शनिबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेका हुन् ।
बिरामी हुनेमा मान बहादुर कामी उनका छोराहरु गणेश वि.क., तिलक वि.क., धर्मराज वि.क. र छोरी भगवती वि.क. रहेको महाबु गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रकाशराज थापाले जानकारी दिए । उनीहरुलाई डुङ्ग्रिबाट दैलेख अस्पतालमा ल्याउदा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत लगिएको वडाध्यक्ष थापाले जानकारी दिए ।