महिला विश्वकप फुटबलमा विहीवार अमेरिका र नेदरल्याण्ड्स भिड्ने

मातृभूमी संवाददाता । ११ श्रावण काठमाण्डौ
महिला विश्वकप फुटबलमा बिहीबार साविक विजेता अमेरिकाले नेदरल्याण्ड्ससँग खेल्दैछ । यो खेललाई सन् २०१९ को महिला विश्वकप फुटबलको फाइनलको रि म्याचको रुपमा समेत हेरिएको छ । त्यतीवेला नेदरल्याण्ड्सलाई २-० गोल अन्तरले हराउँदै अमेरिका विश्व च्याम्पियन बनेको थियो ।
बिहीबार हुने समुह ‘ई’ को यो खेल जितेको खण्डमा अमेरिका राउण्ड अफ सिक्सटिनमा प्रवेश गर्नेछ । समुहको पहिलो चरणको खेलमा अमेरिकाले भियतनामलाई हराएको थियो भने नेदरल्याण्ड्सले पोर्चुगललाई हराएको थियो ।
बिहीबार हुने अर्को खेलमा भियतनाम र पोर्चुगल भिड्नेछन् । दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् । समुह ‘बि’ को खेलमा बिहीबार आयोजक अष्ट्रेलियाले अफ्रिकी प्रतिद्धन्दी नाइजेरियाको सामना गर्नेछ । यसअघिका खेलहरुमा विजयी हुँदै जापान र स्पेन नक आउट चरणमा प्रवेश गरेका छन् । समुहको दोस्रो खेलमा जापानले कोष्टारिकालाई २-० गोल अन्तरले हराउँदा स्पेनले जाम्बीयामाथि ५-० गोल अन्तरको जित निकाले थियो ।
(एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *