पहिलो वार्षिक उत्सवमा रेडियो मातृभूमी एफ.एम.ले साप्ताहिक कार्यक्रम गर्दै
मातृभूमी संवाददाता । १४ श्रावण दैलेख
रेडियो मातृभूमी एफ.एम. ९६.५ मेगाहर्ज दैलेखले सोमवार (श्रावण १५ गते) देखी आफ्नो स्थापनाको एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गर्दैछ । सोही अवसरमा रेडियोले श्रावण १५ गतेदेखि २१ गतेसम्मको सप्ताहव्यापी कार्यक्रम गरेर मनाउने भएको छ ।
आफ्नो वार्षिकोत्सवको अवसरमा रेडियो मातृभूमीले श्रावण १५ गते पहिलो दिन जिल्ला अस्पताल दैलेखमा रहेका विरामीहरुलाई फलफुल वितरण गर्ने, श्रावण १६ गते सरस्वती माध्यामिक विद्यालय तर्ताङ्गमा वृक्षारोपण गर्ने र श्रावण १७ गते वसन्तमाला वेदविद्याश्रमण किमुगाउँमा कपडा वितरण गर्ने कार्यक्रम रहेको रेडियो मातृभूमी एफ.एम. ९६.५ मेगाहर्ज दैलेखका प्रवन्ध निर्देशक भिम सिजापतिले जानकारी दिए ।
प्रवन्ध निर्देशक सिजापतिका अनुसार श्रावण १८ गते वेलासपुर मन्दिर परिसर सरसफाई, श्रावण १९ गते अन्तरक्रिया कार्यक्रम, श्रावण २० गते सरस्वती वृद्धाआश्रममा फलफुल वितरण र २१ गते जिल्ला समन्वय समितिको ठुलो हलमा एक हप्ते कार्यक्रमको समापन गरिने छ । समापन कार्यक्रममा कणर्ाली प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री माननीय कृष्ण कुमार विसीद्धारा समापन गरिने छ ।