रेडियोको वार्षिक उत्सवको पहिलो दिन विरामीलाइ फलफुल वितरण

मातृभूमी संवाददाता । १५ श्रावण दैलेख
रेडियो मातृभूमी एफ.एम. ९६.५ मेगाहर्ज दैलेखले आफ्नो पहिलो वार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम संचालन गरेको छ । दोस्रो स्थापना दिवस तथा पहिलो वार्षिक उत्सवको अवसरमा रेडियोले सप्ताहव्यापी कार्यक्रम संचालन गरेको हो । रेडियो स्थापनाको एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा रेडियोले श्रावण १५ गतेदेखि २१ गतेसम्मको सप्ताहव्यापी कार्यक्रम गरेर मनाउने निणर्य गरेको छ ।
वार्षिकोत्सवको साप्ताहिक कार्यक्रम अनुसार पहिलो दिन (श्रावण १५ गते) दैलेख अस्पतालका ४१ जना विरामीलाई फलफूल वितरण गरिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नबिन रिजाल, दैलेख अस्पतालका इञ्चार्ज डा. धर्मराज रेग्मी, दैलेख उद्योग बाणिज्य संघका उपाध्यक्ष राजेश हमाल लगाएतको उपस्थिति फलफूल वितरण गरिएको रेडियो मातृभूमी एफ.एम. ९६.५ मेगाहर्ज दैलेखका प्रवन्ध निर्देशक भिम सिजापतिले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *