रेडियोको वार्षिक उत्सवको दोस्रो दिन वृक्षा रोपण

मातृभूमी संवाददाता । १६ श्रावण दैलेख
रेडियो मातृभूमी एफ.एम. ९६.५ मेगाहर्ज दैलेखले आफ्नो पहिलो वार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम संचालन गरेको छ । दोस्रो स्थापना दिवस तथा पहिलो वार्षिक उत्सवको अवसरमा रेडियोले सप्ताहव्यापी कार्यक्रम संचालन गरेको हो । रेडियो स्थापनाको एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा रेडियोले श्रावण १५ गतेदेखि २१ गतेसम्मको सप्ताहव्यापी कार्यक्रम गरेर मनाउने निणर्य गरेको छ ।
वार्षिकोत्सवको साप्ताहिक कार्यक्रम अनुसार दोस्रो दिन (श्रावण १६ गते) दैलेख सरस्वती माध्यामिक विद्यालय तर्ताङ्गमा वृक्षा रोपण गरिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नबिन रिजाल, सरस्वती माध्यामिक विद्यालय दैलेख सहायक प्राध्यानाध्यापक लोकेन्द्र जि.सी. लगाएतको उपस्थिति वृक्षा रोपण गरिएको रेडियो मातृभूमी एफ.एम. ९६.५ मेगाहर्ज दैलेखका प्रवन्ध निर्देशक भिम सिजापतिले जानकारी दिए । उक्त विद्यालयमा सुन्तला, वेलौती, टिमुर, धुपी सल्ला, कपुर लगाएतका विरुवा रोपीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *