वेथिति श्रृंखला-४३ : पारिश्रमिक पुरा नपाएपछि श्रीमानले श्रीमती झुण्ड्याए, उपभोक्ता समितिले ठग्याे

मातृभूमी दुल्लु व्युराे । ०५ भाद्र दुल्लु दैलेख
दैलेखको दुल्लु नगरपालिका २ मा श्रीमानले काम गरेको ज्याला पुरा नल्याएको भन्दै आफ्नै श्रीमतीलाई कुटपिट गर्दै झुण्ड्याउने प्रयास गरेका छन् । दुल्लु नगरपालिका २ मा सञ्चालित परियोजनामा काम गरे वापत पुरा रकम नल्याएको भन्दै टेक बहादुर शाहीले श्रीमती विष्णु शाहीलाई उनकै पछ्यौरीले घाँटीमा बाँधेर झुण्ड्याएको र पछि छोराछोरीले बचाएको पिडित विष्णु शाहीको भनाइ रहेको छ ।
नगरपालिकामा सञ्चालित परियोजना अन्तरगत समितिका अध्यक्ष राधा विक सहितको समितिले धेरै कामदारहरुलाई काम बमोजिमको ज्याला नदिएको भन्दै आफुले समेत पुरा हिसाब नपाएको कारण घरमा दैनिक झगडा हुने गरेको र श्रीमानले यहि बाहानामा यातना दिने गरेको पिडित शाहीले दुल्लु नगरपालिका पुगेपछि वताएकी छन् ।
नगरपालिका स्थित न्यायिक समितिमा पुगेकी विष्णुले रुँदै आफुले ३२ दिन काम गरको ७ सय ५० रुपैयाँका दरले २४ हजार पाउनु पर्नेमा १८ हजार ९ सय मात्र दिएपछि आफुले नवुझेको भन्दै बाँकी ५ हजार १ सय नदिएपछि श्रीमानले हिसाव नगरेको र पुरा पैँसा नल्याएको भन्दै पिट्ने गरेको वताईन् । रुमालले घाँटीमा बेरेर झुण्ड्याए पछि छोराछोरीले बचाएको विष्णुले वताएकी छन् ।
प्रधानमन्त्रि रोजगारको कार्यक्रम हो भन्दै आफुलाई योजना समितिका अध्यक्ष राधा विकले काममा लगाएको साथै काम नै नगरेका केहि स्थानिय र बालवालिकाहरुको समेत हाजिर गराएर पुरा रकम दिएको भएपनि आफुमाथी अन्याय गरेको आरोप पिडित शाहीको छ ।
विष्णुका श्रीमान टेक बहादुर शाहीले यातना दिएर झुड्याउने प्रयास गरेपछि अध्यक्ष राधा विकले पिडित विष्णुलाई एकान्तमा भेटी कसैलाई नभन्नु, यो रकम मैले मेरो खाताबाट दिएकी हुँ, मुद्धा पनि नगर्नु नत्र अस्तिको १८ हजार ९ सय समेत फिर्ता जान्छ र प्रहरीले समेत तिमिलाई थुन्छ भन्दै थप १ हजार ८ सय समेत दिएको पिडित विष्णुले बताईन् ।
विगत केहि दिन न्यायको लागि नगरपालिका धाउँदै गरेकी विष्णुले नगरपालिकामा जनप्रतिनिधिहरु र न्यायिक संयोजक उपप्रमुख बिना कार्कीलाई नभेटेपछि फर्किने गरेको गुनासो गर्नुभयो । आफुले न्याय पाउनुपर्ने माग सहित दुःख गरेको पारिश्रमिक समेत पाउनुपर्ने निवेदन पिडित विष्णुले दुल्लु नगरपालिका न्यायिक समितिमा पेस गरेकी छन् ।
नगर उपप्रमुख कार्कीले उक्त परियोजनाका समिति लगाएत पिडक श्रीमान टेक बहादुरलाई समेत झिकाएर आवश्यक कारबाही गर्ने प्रतिवद्धता जनाएकी छन् । एता इलाका प्रहरी कार्यालय दुल्लुले पिडक श्रीमान टेक बहादुरको घरमा प्रहरी पठाएर घटनाको वास्तविकता बुझ्ने बताएको छ ।
परियोजनाका अध्यक्ष लगाएत समितिका पदाधिकारीहरुले वालवालिका सहित उपस्थित नभएका स्थानीयहरुको नाममा समेत हाजिर गराएर रकम हिनामिना गरेको पाइएको छ । जसको उचित छानबिन हुने दुल्लु नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *