समाज परिवर्तनका लागि गैरसरकारी संस्थाहरुको अग्रणी भूमिका : सांसद खत्री
मातृभूमी संवाददाता । ११ भाद्र दैलेख
कर्णाली प्रदेश सभाका सदस्य पूणर्बहादुर खत्रीले समाजमा महिला माथि भइरहेको सबै प्रकारका हिंसा, जातीय विभेद र असमानता हटाउन गैरसरकारी संस्थाहरुले महत्वपूणर् भूमिका खेलेको वताएका छन् । सोमवार भएको सोसेक नेपालको २६ औं वार्षिकोत्सव तथा साधारण सभाको उद्घाटन कार्यक्रममा वोल्दै उनले समाज परिवर्तनका लागि गैरसरकारी संस्थाहरुले अग्रणी भूमिका खेलेको वताएका हुन् ।
त्यस्तै कार्यक्रममा राउटे मुखिया सुर्यनारायण शाहीले सोसेक नेपालले आफूहरुको जीवनस्तर सुधार र सेवा सुविधा सहजै उपलब्धताको निम्ति पहलकदमी गरेको भन्दै प्रशंसा गरे । कार्यक्रममा नारायण नगरपालिकाका पूर्व मेयर रत्नबहादुर खड्काले महिला अधिकार प्रवद्र्धनका निम्ति सोेसेक नेपालको महत्वपूणर् भूमिका रहेको उल्लेख गरे ।
सोसेक नेपालका अध्यक्ष मञ्जू खड्काको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापा, महासचिव महेन्द्र कार्की, कोषाध्यक्ष संगीता राना लगायतले सोसेक नेपालले समाजमा गरिरहेका प्रभावकारी कामहरुको बारेमा चर्चा गरेका थिए ।