बीपी बहुआयामिक व्यक्तित्व : सभापति रेग्मी

मातृभूमी संवाददाता । २४ भाद्र दैलेख
नेपाली काँग्रेस दैलेखका सभापति मणिराम रेग्मीले नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइराला साहित्य साधक लगायत बहुआयामिक व्यक्तित्वको पहिचान भएको बताएका छन् । बीपी कोइरालाको १ सय १० औं जन्म जयन्तीको अवसरमा दैलेख सदरमुकाममा आयोजित नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीको रुपमा इतिहास रचेको उनले वताए ।
नेपाली काँग्रेसको नारायण नगर कार्यसमितिको आयोजनामा जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै सभापति रेग्मीले देशको स्वाधीनता माथि खतरा पैदा भएको थाहा पाएपछि बहुदलीय व्यवस्था प्रतिवन्ध लगाउनु र आफूलाई प्रधानमन्त्रीबाट अपदस्त गरेका राजा महेन्द्रलाई आफू र राजाको घाँटी जोडिएको प्रतिक्रिया दिएर देशप्रति प्रेम प्रकट गरेको उल्लेख गरे ।
नेपाली काँग्रेसको नारायण नगर कार्यसमिति सभापति मनोजकुमार थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो । बीपी कोइरालाको जन्म १९७१ भदौ २४ गते भएका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *