दैलेखको दुल्लुमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु दुई जना घाईते
मातृभूमी संवाददाता । २९ भाद्र दैलेख
दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । दुल्लू नगरपालिकाको सदरमुकाम नजिकको भित्री सडकमा लु ३ त ९६९४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी चालक दुल्लू नगरपापालिका २ का २५ वर्षीय धर्म महतको मृत्यू भएको र अन्य दुई जना घाईते भएको प्रहरीले जनाएको छ ।
दुल्लूको सियाला भन्ने ठाउँमा सिमेण्ट, प्लाइउड लगायतका निर्माण सामग्री छोडी फर्किदै गर्दा आँप खोला भन्ने ठाउँमा दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर चालक महतको घटनास्थलमै मृत्यू भएको र अन्य दुई जना घाईते भएको इलाका प्रहरी कार्यालय दुल्लूका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए ।
ट्याक्टरमा सवार दुल्लू नगरपापालिका ३ सियालाका २५ वर्षीय भूपेन्द्र सावद र सोही ठाउँकी ११ वर्षीय बालक रमित सावदको दुल्लू अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ । घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।