दैलेखका सुवास र रत्ना उत्कृष्ट शिक्षक घोषित

मातृभूमी संवाददाता । ०३ असोज दैलेख
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका उत्कृष्ट शिक्षक मध्ये दैलेखवाट दुई जनालाई उत्कृष्ट शिक्षक घोषणा गरेको छ । दैलेखका सुवास कुमार थापा र रत्ना कुमारी रावल उत्कृष्ट शिक्षक घोषित भएका छन् । फूलबारी विद्या मन्दिर दैलेखका प्रिन्सिपल थापा र भगवतीमाई गाउँपालिका ६ कट्टीको जनता प्राथमिक विद्यालय चिपिनतडाका प्रधानाध्यापक रावल उत्कृष्ट शिक्षक घोषित भएका हुन् । ‘समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ मनाईएको राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा मन्त्रालयले उक्त पुरस्कार घोषणा गरेको हो । कुनै विशेष अवसरमा सरकारले उत्कृष्ट शिक्षण संस्था र कर्मचारीहरूलाई पुरस्कृत गर्ने जनाइएको छ । पुरस्कार र पदक पछि वितरण हुने भए पनि विभूषित हुनेहरूको नामावली शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा घोषणा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *