हिजो दलित र महिलाको स्थान थिएन : ईन्चार्ज शर्मा

नविन रिजाल । ०६ असोज दैलेख
नेपाल कम्युनिस्ट पार्टी माओवादी (केन्द्र) दैलेख जिल्ला ईन्चार्ज गोपाल शर्माले जनयुद्ध लडेर अधिकार नल्याएको भए हिजो दलित र महिलाको स्थान कहाँ थियो सोच्न पनि नसकिने बताएका छन् । माओवादीको विशेष रुपान्तरण अभियान अन्तरगत महावु गाउँपालिका समितिको समिक्षात्मक बैठकमा बोल्दै इन्चार्ज शर्माले जनतासँग घरदैलो अभियानमा जाँदा माओवादीले गरेका उपलब्धी साथै दलित र महिलाका बिषयमा अनिबार्य प्रचारप्रसारको बिषय बनाउनु पर्ने बताएका हुन् । पार्टीले चलाएको अभियानमा जनतासँग माओवादीको अनुहार देखिनु पर्ने बताउँदै शर्माले पार्टीलाई २०६४ साल तिर कसरी पुर्‍याउन सकिन्छ भन्ने समिक्षात्मक बैठक भएको पनि वताए ।
महावु गाउँपालिका इन्चार्ज प्रेम बहादुर कटुवालले अभियानको बिषयमा बुझाउने बैठक भएको धारणा राख्दै जनतासँग नियमित जोडिएर बिशेष रुपान्तण अभियानसँगै जिल्लामा शुसासन अभियानको शुरुवात महावु गाउँपालिकाले गर्नुपर्ने बताए । उनले यो अभियान आचरण, चरित्र र ब्यबहार रुपान्तरण गर्ने अभियान पनि भएको बताए ।
नेकपा माओवादी (केन्द्र) दैलेखका संयोजक गोपाल रिजालले जनयुद्धले जति कुनै पनि क्रान्तिले परिर्बतन नगरेको बताउँदै माओवादीले राज्य रुपान्तणमा जनताका थुप्रै काम गरेकाले यसको प्रचारप्रसारको कमी भएको बताए । उनले माओवादीलाई जिल्लाको पहिलो पार्टी बनाउने उद्देश्य सहित नेता कार्यकर्तालाई अभियानमा खट्न निर्देशन समेत दिए ।
माओवादी केन्द्रका प्रदेश समिति सदस्य भेष बहादुर थापा र केन्द्रीय सदस्य टेक बहादुर खाँणले समाज परिर्बतन गर्ने उद्देश्यले राजनितिमा प्रबेश गर्नुका साथै आर्थिक रुपमा उत्पादन नगरे सम्म टिक्न नसकिने बताए ।
यस्तै महावु गाउँपालिकाका ६ वटै वडाका ईन्चार्जहरुले आा-आफ्नो वडाको वस्तु स्थितिको वारेमा रिर्पोटिङ गरेको प्रचार प्रसार तथा अनुगमन समितिका संयोजक नवीन रिजालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *