डाक्टरमाथि आक्रमण तथा कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह ।

मातृभुमी संवाददाता । असोज ११ काठमाण्डौ

आयोगले आज विज्ञप्ति निकालेर केही दिन यता कास्की, मकवानपुर, लमजुङ, चितवन लगायतका विभिन्न अस्पतालहरुमा कार्यरत चिकित्सकहरु माथि भएका आक्रमण, दुर्व्यवहार तथा स्वास्थ्य संस्थाहरुमा भएको तोडफोड प्रति ध्यानाकर्षण भएको जनाएको हो । चिकित्सकहरुले आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकको स्वास्थ्य उपचारमा पर्न गएको असरप्रति पनि गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको हो।

डाक्टरको सुरक्षा व्यवस्था, स्वास्थ्य सेवाको निरन्तरता तथा बिरामीहरुले भोग्नु परिरहेको समस्याहरु सम्बन्धमा आयोगले विभिन्न माध्यमबाट निरन्तर अनुगमन गरिरहेको पनि आयोगले जनकारी दिएको छ । आयोगले अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन सरकारलाई निर्देशन पनि दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *