खेलाडीले देशको झण्डा वोकेर देश विदेशमा खेलेको देख्दा गौरव लाग्छ : मन्त्री विसी
मातृभूमी संवाददाता । १५ असोज दैलेख
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसिले खेल क्षेत्रको विकासका लागि आफ्नो क्षेत्रबाट सकिने हरेक सहयोग गर्न र अन्य निकायसँग पहल गर्ने वताएका छन् । दैलेखको डुङ्गेश्वर गाउँपालिका २ को सेर्माकोटमा आयोजना गरिएको प्रदेश जिल्ला तथा पालिका स्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विसीले यस्तो वताएका हुन् ।
उद्घाटन कार्यक्रममा वोल्दै मन्त्री विसीले खेल क्षेत्रका माध्यामवाट खेलाडिले राष्ट्रको शिर उच्च राख्ने काम गरेकाले खेलाडीलाई सम्मान गर्न कसैले पनि कन्जुस्याइँ गर्न नहुने वताए । उनले बिश्वमा नेपाल झण्डा फरफराउँदै हाम्रा खेलाडीहरुले खेल खेलेको देख्दा आफूलाई सधै गौरव लाग्ने गरेको वताए ।
उनले आफुले खेलकुद र खेलाडीप्रति सदैव सम्मान गर्ने र आफ्नो क्षेत्रवाट खेलाडिहरुलाई सक्दो सहयोग गर्ने वताए । अब कर्णाली प्रदेशको सुर्खेत हुने खेलकुदमा दैलेखबाट पनि सहभागिताको लागि तयारी गर्न आग्रह गरे ।
एक फरक प्रसंगमा वोल्दै मन्त्री विसीले जनप्रतिनिधिहरुले निष्पक्ष भएर जनताका काम गर्नुपर्ने बताउँदै जनतामाझ गरेका वाचा पूरा गर्न लाग्नुपर्ने वताए । पर्यटन प्रबद्र्धनका लागि जिल्लाका सबै पालिका, गाउँ, टोल, समाजमा राजनीतिक हिसावले नभई सामानुपातिक रुप हेर्ने र जिल्लाको बिकासका लागि सदैब दत्तचित्त भएर काम गरिरहेको र आगामी दिनमा पनि काम गर्ने वताए ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा डुङ्गेश्वर गाउँपालिका वडा नं. २ का पुर्व वडाध्यक्ष राजु कुमार खत्री, डुङ्गेश्वर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष याम बहादुर बिष्ट, डुङ्गेश्वर गाउँपालिका अध्यक्ष सुन्दर केसि, कर्णाली प्रदेश सभा सदस्य पुणर्वहादुर खत्री लगाएतले आ-आफ्नो भनाई राखेका थिए ।
प्रतियोगिता अवधिभर भलिबल, व्याडमिन्टन, फुटसल लगाएतका खेलहरु संचाल हुनेछन् । राष्ट्रका लागि खेलकुद स्वस्थका लागि खेलकुद भन्ने मुल नाराका साथ आजदेखी शुरु भएको प्रतियोगिता यहि असोज १९ गतेसम्म संचालन हुनेछ ।