भारतवरिुद्ध टस हारेको नेपाल फल्डिङिमा
मातृभुमी संवाददाता । १६ असोज काठमाडौं
चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा भारतसँग टस हारेर नेपाल पहिला फिल्डिङ गर्दैछ । झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा टसमा भारतका कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिला ब्याटिङ गर्ने निणर्य लिएका छन्। खेल पौने ७ बजे सुरु हुँदै छ ।
नेपालले टोलीमा एक परिवर्तन गरेको छ। करण केसी प्लेइङ ११ मा फर्किदा विनोद भण्डारी बेन्चमा छन्। भारतले विकेटकिपर जितेश शर्मालाई डेब्यू दिएको छ । भारत सिधैं क्वाटरफाइनल खेलेको हो। नेपालले समूह ए मा मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो । नेपालले टी-२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको हो ।
नेपाल टी-२० आई वरियतामा १६ औं र भारत नम्बर वान टोली हो। त्यस्तै भारत २००७ को टि२० विश्वकप विजेता हो। नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक नम्बर वान टी-२० आई वरियता टोली र विश्वकप विजेतासँग खेल्न लागेको हो । ओडिआईमा भने नेपालले अघिल्लो महिना भारतसँग र पाकिस्तानसँग खेलेको थियो। त्यो समय पाकिस्तान वरियतामा शीर्षस्थानमा थियो। त्यस्तै भारत, पाकिस्तान र वेस्टइन्डिजगरि तीन विश्वकप टोलीसँग ओडिआईमा खेलि सकेको छ । भारत एकदिवसीय विश्वकपको कारण एसियाडमा दोस्रो रोजाईको टोली पठाएको छ।