टिपर दुर्घटनामा एक जनाको मृत्यु
मातृभूमी संवाददाता । १७ असोज दैलेख
दुल्लु नगरपालिका-१ मण्डा टिमीलापानीमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुल्लु नगरपालिका-७ का ३३ वर्षीय गोपाल थापाको मृत्यु भएको हो । दुल्लु-तल्लो डुंगेश्वर सडक खण्डअन्तर्गत तल्लो डुंगेश्वरबाट दुल्लु आउँदै गरेको क प्र ०२००१ क १९९ नम्बरको टिपर सोमबार बेलुकी ८ बजेतिर दुर्घटना हुँदा घाइते भएका थापाको उपचारका क्रममा दुल्लु अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा दुईजना घाइते भएका छन्। दुल्लु नगरपालिका-७ बस्ने चन्द्रबहादुर थापा र प्युठानको ऐरावती गाउँपालिका-५ का ३० वर्षीय मुक्तप्रसाद उपाध्याय घाइते भएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण बहादुर डाँगीले बताए । घाइते दुवैजनाको उपचार दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक डाँगीले बताए। थापाको अवस्था गम्भीर रहेको जनाइएको छ।