सडक पेटिमा राखिएका सामाग्री हटाउन नगरपालिकाकाे अनुरोध

मातृभूमी संवाददाता । १८ असोज दैलेख
दैलेखको नारायण नगरपालिकाले मुख्य वजार क्षेत्रका सडक पेटिमा राखिएका सामाग्री हटाउन नगरवासीहरुमा अनुरोध गरेको छ । नारायण नगरपालिकाको मुख्य वजार क्षेत्रका सडक पेटिमा व्यापारिक परियोजनाका लागि राखिएका सामाग्री, ढुङ्गा, गिट्टि, वालुवा, सरिया लगायतका सामाग्रीहरु हटाउन नगरवासीहरुमा अनुरोध गरेको हो ।
नगरपालिकाले सवारी साधनहरु एकतर्फी संचालन गर्न लागेकाले हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सडक पेटिमा राखिएका उक्त सामाग्री हटाउन आग्रह गरेको नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले जानकारी दिए । नगरपालिकाकाे वजार क्षेत्रमा यहि असाेज २० गते शनिवारदेखी एकतर्फि सडक संचालन गर्ने तयारी गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *