एमाले दैलेखको कार्यबाहक अध्यक्षको जिम्मेवारी बुढालाई
मातृभूमी संवाददाता । १९ असोज दैलेख
नेकपा एमाले दैलेखको कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रेमबहादुर बुढालाई दिइएको छ । नेकपा एमाले दैलेखका उपाध्यक्ष बुढालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।
नेकपा एमाले दैलेखका अध्यक्ष रबिन्द्रराज शर्मा नेकपा एमाले कर्णाली प्रदेश कमिटीको उपसचिव निर्बाचित भएपछि बुढालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको नेकपा एमाले दैलेखले जनाएको छ ।
यही असोज दोस्रो साता भएको नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिबेशनबाट नेकपा एमाले दैलेखका अध्यक्ष शर्मा उपसचिवमा निर्बाचित भएका थिए । आफु जिल्ला कमिटिलाई निर्देशन दिने पदमा पुगेकाले आगामी अधिवेशन सम्मका लागि उपाध्यक्ष वुढालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको उपसचिव शर्माले जानकारी दिए ।