‘युवा देशमै नजुटे अर्थतन्त्र सुधार आउन सक्दैन’
मातृभूमी संवाददाता । १९ असोज दैलेख
नेकपाका स्थायी कमिटी सदस्य ‘भरत सी’ले युवालाई स्वदेशमा रोकेर उत्पादनका काममा जुटाउन नसके देशको अर्थतन्त्रमा सुधार नआउने बताएका छन् । विप्लव नेतृत्वको नेकपा जिल्ला कमिटीले दैलेख सदरमुकाममा आयोजना गरेको वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रममा उनले युवालाई देशमा रोजगारीका अवसर सिर्जना गर्न जरूरी रहेको वताए ।
सशस्त्र युद्धपछि शान्ति प्रक्रियामा आएपछि पनि जनजीविका र लक्षित वर्गको पहुँच बढ्न नसकेपछि एकीकृत जनक्रान्तिको उद्घोष गरी संस्थापन माओवादीसंग बिद्रोह गरेको स्थायी कमिटी सदस्य ‘भरत सी’ले वताए । लक्ष्य पूरा गर्न समाजवादी सिद्धान्त मिल्लेहरुसँग सहकार्य रहने मार्ग खुला रहेको उनले बताए ।
त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर खाँणले स्वस्थ प्रतिस्पर्धाबाट मीत्र शक्तिहरुवीच समाजवाद विचारधाराबीच एकताको सम्भावना रहेको वताए । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका कणर्ाली प्रदेश सदस्य मयाराम अधिकारीले समाजको यात्रा तय गरेका कम्यूनिष्टहरुकै व्यवहार र कार्यशैलीमा समस्या रहेको वताए ।
नेपाल मजदूर किसान पार्टीका रत्नबहादुर श्रेष्ठले नेपालका कम्यूनिष्ट पार्टी सत्तामा पुगेको बेला बुजुवा र पूजीबादी व्यवहार देखिएको टिप्पणी गरे । त्यस्तै पत्रकार विशाल सुनारले रोइदिने र चर्को बोल्नेहरुका कुरा पत्याउने सामाजिक माहोल भएको अवस्था कम्यूनिष्ट पार्टीहरुले समेत पुरातन विश्वासमा चलिरहेको जिकिर गरे ।
नेकपाका जिल्ला सेक्रेटरी ‘कलम सी’को अध्यक्षतामा भएको कार्यक्रममा कणर्ाली व्यूरो ‘विवेक सी’, अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य ‘स्वेता सी’, अनेमसंघ क्रान्तिकारीका संयोजक ‘गमता सी’, नेकपाका जिल्ला नेताहरु ‘प्रकाश सी’, ‘उदय सी’ समेतको उपथिति रहेको थियो ।