सशस्त्र प्रहरीले दैलेखमा मनायो ६ औँ स्थापना दिवस
मातृभूमी संवाददाता । १९ असोज दैलेख
सशस्त्र प्रहरी बल आश्रीत गुल्म दैलेखले ६औँ स्थापना दिवस मनाइएको छ । शुक्रबार विविध कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं-६ सुर्खेतका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक प्रदिप कुमार पालले स्थापना दिवसको उद्घाटन गरेका हुन ।उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं-६महेश्वरी बाहिनी सुर्खेतका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पालले मुलुकको जटिल परिस्थितिमा सशस्त्र प्रहरीबलले महत्वपूणर् भूमिका निर्वाह गर्दै आएको बताए ।
सशस्त्र प्रहरीले जिल्लामा राज्यले दिएको जिम्मेबारी पुरा गर्न समेत निर्देशन दिए। सशस्त्र प्रहरी नायव महानिरीक्षक पालले भने विपद् व्यवस्थापन तथा उद्वारका कार्यमा महत्वपूणर् भूमिका निर्वाह गरेको बताए । यस्तै दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले जिल्लामा शान्ति सुरक्षा एव चोरी तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले प्रभावकारी कार्य गर्दै आएको बताए ।जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम राख्नकालागि विगतदेखि नै सशस्त्र प्रहरीले महत्वपूणर् भूमिका निर्वाह गर्दै आएको उनले बताए ।
शान्ति सुरक्षासहित दैवि विपत्ति लगायतका घटनाहरुमा स्थानीयको साथ र सहयोगबाट अहिलेसम्म काम हुँदै आएको र भोलिका दिनमा पनि साथ र सहयोग रहिरहने सशस्त्र प्रहरी बल आश्रीत गुल्म दैलेख प्रमुख द्रोण ढकालले बताए ।