चाडवाड नजिकिएपछि बजार अनुगमन


मातृभूमी संवाददाता । १९ असोज दैलेख ।
दैलेखको डुङ्गेश्वर गाँउपालिका वडा न -१ चुप्रा बजारमा बजार अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख, जिल्ला प्रशासन कार्यालय, डुङ्गेश्वर गाउँपालिका, ईलाका प्रहरी कार्यालय चुप्रा बजार लगायतको संयुक्त टोलीले गरेको बजार अनुगमनका गरेको हो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आयोजना गरिएको बजार अनुगमनका क्रममा गुणस्तर, परिमाण र मूल्यमा उपभोक्ता माथि ठगी गरेको पाइएपछि अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख कल्पना खत्रीले जानकारी दिईन् ।


उनले भनिन् अनुगमनका क्रममा डुङ्गेश्वर चुप्रा बजारमा नापतौल विभागको मापदण्ड विपरीत राखिएका ढग तराजु , होटल, थोक तथा किराना पसलको अनुगमन गरेको म्याद गुज्रेका प्रकारका पे पदार्थ तथा दैनिक उपभोग्य सामग्री भेटिएको थियो । बजारमा अनुगमनका क्रममा प्यान नम्बर नराख्ने व्यवसायीलाई एक हप्ताभित्र प्यान नम्बरको व्यवस्था गर्न निर्देशन दिइएको समेत उनले बताईन् ।
बजारमा अनुगमनमा डुङ्गेश्वर गाँउपालिका वडा नं- १ का वडाध्यक्ष श्याम बहादुर राना, जिल्ला कारागार दैलेखका प्रमुख जित बहादुर खत्रि, डुङ्गेश्वर गाँउपालिका वडा न -१का वडा सचिब संगिता लामिछाने, उद्योग तथा उपभोक्ता हित संरक्षण दैलेखका लेखा सहायक भरत खत्रि लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *