दैलेखमा असोज २१ देखि मंसिर ३ गतेसम्म सहुलियतको चामल पाइने
मातृभूमी संवाददाता । असोज २२ दैलेख
दैलेखमा असोज २१ गते देखि मंसिर ३ गते सम्म सहुलियतको चामल पाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखले सहुलियत मूल्यमा चामल बिक्री सुरु गरेको छ ।कम्पनीले सर्वसाधारणलाई चाडबाडमा राहत दिने उद्देश्यले असोज २१ देखि मंसिर ३ गतेसम्मका लागि सहुलियतको चामल बेच्न लागेको हो ।
खाद्य संस्थानले छुटको चामल दिएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न समुदायलाई ठुलो राहत मिलेको स्थानीयले बताएका छन् । सहुलियतको चामल लिन दैलेख सदरमुकाम नारायण नगरपालिका, नौमुले गाँउपालिका, भगवतीमाई गाँउपालिका, दुल्लु नगरपालिका, भैरवीगाँउपालिका, महाबुगाँउपालिका लगायतबाट सर्वसाधारण आउन थालेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख रविन कुमार रेग्मीले बताए ।एक घरका एक जनाले आफ्नो नागरिकता लीएर गएमा चामल पाउने उनले जानकारी दिए ।
छुटको चामल दिएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न समुदायलाई ठुलो राहत मिलेको दैलेख नितित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले बताए । यस्तै कतिपय अवस्थामा चामलको दुरुपयोग हुन सक्ने भएकोले त्यसतर्फ सजग रहनुपर्ने र व्यापारीले बिक्री गर्न सक्ने तर्फ चनाखो रहनुपर्ने जिल्ला समन्वय समिती दैलेखका प्रमुख नमराज शाहीले जानकारी दिए । कम्पनीले २५ किलोको स्टिम जिरा मसिनो चामल प्रतिबोरा २ हजार १ सय २५ रुपैयाँमा चामल बिक्री भइरहेको छ । त्यस्तै अरुवा मध्यम चामल १ हजार २ सय ७५ रुपैयाँमा बिक्री भइरहेको छ भने सोना मन्सुली चामम १ हजार २ सय ७५ मा बिक्री रुपैयाँमा बिक्री भइरहेको छ ।