दैलेखमा गोरुले हानेर एक जनाको ज्यान गयो
मातृभुमी संवाददाता । २३ असोज दैलेख
दैलेखमा गोरुले हानेर एक जनाको ज्यान गएको छ । गोरुले हानेर भैरवी गाउँपालिका-३ कुराँहका ५२ वर्षीय रञ्जित कामीको ज्यान गएको हो । गोरुले पटक पटक हानेपछि उहाँको घटनास्थलमै ज्यान गएको प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।