पहिचान नभएको विष खाँदा एक जनाको मृत्यु, दुइ जना गम्भिर
मातृभूमी संवाददाता । २४ असोज दैलेख
गाउँमा ठूलो ओखती भन्ने गरिएको पहिचान नभएको विष खाएर एक जनाको ज्यान गएको छ भने अन्य दुई जना गम्भिर विरामी भएका छन् । भगवतीमाई गाउँपालिका ४ तुर्सूका २५ वर्षीय नर्तम बि.क.को बुधबार विहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज किशोर लम्सालले जानकारी दिए ।
दुई दिन अघिदेखि ज्वरोले थला परेकाहरुलाई ज्वरो घटाउने भनी गएराति घरमै राखिएको ठूलो ओखती भन्ने गरिएको पहिचान नभएको विष खाएर नर्तमको ज्यान जानुका साथै अरु दुई जना ६१ वर्षका धने कामी र १२ वर्षीय बालक रमेश बि.क.को स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
स्वास्थ्य अवस्था गम्भीर भएका दुई जनालाई दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कणर्ाली प्रदेश अस्पताल सुर्खेत पठाइएको भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्काले जानकारी दिईन् ।