दैलेखमा अरिङ्गालले टोक्दा तीन जना घाइते

मातृभूमी संवाददाता । २४ असोज दैलेख
दैलेखको महावु गाउँपालिकामा अरिङ्गालको टोकाईवाट तीन जना घाइते भएका छन् । महावु गाउँपालिका १ खरिगैराका तीन जना महिलालाई अरिङ्गालले टोक्दा घाइते भएका हुन् ।
बुधबार विहान बनमा दाउरा काट्न गएका खरिगैराका तीन जना महिलाहरु लोसे सामुदायिक बनमा दाउरा काट्दै गर्दा अरिंङ्गालले टोकेको हो । घाइते हुनेमा २५ वर्षीया मञ्जू सुनार, २४ वर्षीया सुनिता सुनार र २९ वर्षीया गंगा सुनार रहेको जनाईएको छ । उनीहरु तीनै जनाको दैलेख अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *