पशु तथा कृषि कार्यालय दैलेखको वार्षिक स्विकृत कार्यक्रम सार्वजनिक

मातृभूमी संवाददाता । २४ असोज (दुल्लु व्युराे) दैलेख
कृषि कार्यालय दैलेख र पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले आर्थिक वर्ष २०८०/०८१ का लागि स्विकृत वजेट र कार्यक्रम सार्वजनिक गरेका छन् । कर्णाली प्रदेश मातहतका दुई कार्यालयले समन्वयात्मक गोष्ठीको आयोजना गरी गएको आर्थिक वर्षमा गरेका गतिविधि र प्रगतिको समिक्षा सहित आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि स्किृत वजेट र कार्यक्रम सार्वजनिक गरेका हुन् ।
दैलेखका ११ वटा स्थानीय तहका पशुपंछी विकास शाखा र कृषि शाखाका प्रमुखहरु सहित कृषिसँग आवद्ध संघसंस्थाका प्रमुख लगाएत दुई कार्यालयका कर्मचारीहरुकावीच वजेट तथा कार्यक्रम सार्वजनिक एवं समन्वयात्मक गोष्ठिमा वर्तमान परिवेशमा पशु र कृषिमा भएका विविध विषयमा छलफल र समिक्षा गरिएको छ ।
उक्त कार्यक्रममा आफ्नो धारणा राख्दै कर्णाली प्रदेश सामाजिक विकास समितिका सभापति एवं कर्णाली प्रदेश सभा सदस्य घनश्याम भण्डारीले अहिलेका युवाहरुले विदेशिनु भन्दा आफ्नो माटोमा केहि गर्ने इच्छा शक्ति राखेको खण्डमा कृषि र पशुमा लगानी गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको अवसरमा बोल्दै कृषि कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले कृषि कार्यालयले प्राप्त बजेटका आधारमा कृषि क्षेत्र र किसानका लागी कार्यक्रम निर्माण गर्दै त्यसको प्रभावकारी कार्यान्वयनको लागि काम गरिरहेको बताए ।
यस्तै कार्यक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख भिम बहादुर विष्टले विगतमा पनि विभिन्न पशुपक्षि सम्वन्धी कार्यक्रम कार्यालयले गरिरहेको भन्दै कृषि र पशु दुवै कार्यालय किसानका समस्या समाधान गर्दै उनीहरुका लागी लगानी गर्ने कार्यालय भएकाले आपशी समन्वय र सहकार्यका माध्यमबाट आगामी कार्यक्रमहरु तयार गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *