दैलेख प्रहरीको नागरिक सुनुवाई सम्पन्न

मातृभूमी संवाददाता । २५ असोज दैलेख
जिल्ला प्रहरी कार्यालय दैलेख र ईलाका प्रहरी कार्यालय दुल्लुको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विहीवार दुल्लुमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । दुल्लुमा सम्पन्न नागरिक सुनुवाई कार्यक्रममा प्रहरीले खेलेको भुमिका र गतिविधिका वारेमा वहस र छलफल गरिएको थियो ।
विगतका वर्षहरुको समिक्षासंगै नजिकिदै गरेको चाडपर्व लक्षित प्रहरी कार्यक्रम र गतिविधिमा आधारित नागरिक सुनुवाई कार्यक्रम गरिएको दैलेख प्रहरीले जनाएको छ । कार्यक्रममा सहभागिहरुले विभिन्न प्रश्न गर्दै प्रहरीलाई सल्लाह र सुझाव समेत दिएका थिए ।
ईलाका प्रहरी कार्यालय दुल्लुले आफ्नो प्रतिवेदन समेत प्रस्तुत गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दैलेखले कार्यक्रमलाई सहजीकरण गरेको थियो । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरिक्षक किशोर लम्सालले चाडवाडमा खुल्ला मदिरा र जुवातासको कारण विभिन्न घटनाहरु हुने गरेको तथ्यलाई जोड दिदैँ प्रहरीले विभिन्न चरणमा सहायता गरिरहेको वताए ।
नागरिक सुनुवाई कार्यक्रमलाई सहजीकरण गर्दै दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले प्रशासन र प्रहरी जनताकै लागी भएको भन्दै पहिले शुरक्षा र त्यसपछि मात्र विकासको परिकल्पना गर्न सकिनेमा जोड दिए ।
कणर्ाली प्रदेश प्रहरी कार्यक्रम अन्तरगत दैलेख प्रहरीले जिल्लाका ११ वटै पालिकाका करिब ५६ हजार घरधुरीमा प्रहरीको सम्पर्क नम्बर सहितको स्टिकर टाँस कार्यक्रम सम्पन्न गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *