एन.आई.सी.एशिया बैंकद्वारा दुर्घटना बीमा अन्तर्गत १० लाख हस्तान्तरण
मातृभूमी संवाददाता । २५ असोज दैलेख
एन.आई.सी. एशिया बैंक दैलेख शाखाले सर्वश्रेष्ठ एम्वेस्डर बचत खाता खोलेका एक जना सेवाग्राहीको परिवारलाई १० लाख दुर्घटना वीमा रकम हस्तान्तरण गरेको छ । दैलेख शाखामा खाता खोलेका नारायण नगरपालिका ४ सोतका चक्र वहादुर कटुवालको केहि समय अघि दुर्घटनामा परी मृत्यु भएको थियो ।
दुर्घटनामा परी मृत्यु भएका कटुवालकी श्रीमती नन्दा कुमारी कटुवाललाई विहीवार एक कार्यक्रमकावीच दुर्घटना बीमा वापतको १० लाख रुपैयाँ हस्तान्तरण गरिएको एन.आई.सी. एशिया वैंक दैलेख शाखाका शाखा प्रवन्धक सुजल मल्लले जानकारी दिए । बैंकको बचतसँगै बीमा फाइदाको सुविधा अन्र्तगत खातावालाको दुर्घटनाबाट मृत्यु भएपछि निजको परिवारलाई खाता वापतको रकम प्रदान गरिएको शाखा प्रवन्धक मल्लले वताए ।
एक कार्यक्रमकाबीच बैंकका कर्णाली प्रदेश प्रमुख राजन प्रसाद पोखरेलले हिताधिकारीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । बैंकले बीमा रकम प्रुन्डेन्सीयल इन्स्योरेन्सको सहकार्यमा भुक्तानी गरेको हो ।
देशको दुरदराजमा रहेका लाखौं ग्राहकहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको यस बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि रू. ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरु’ सञ्चालन गरिरहेको छ ।
यस योजनामा सर्वाधिक उच्च ब्याजदर, ५ वर्षसम्म रू. ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् ।
साथै, यस बचत योजना अनुसार ग्राहकले प्राप्त गर्ने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई-कमर्श सेवा, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस/सी आइपिएस/फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक एवं निजले मनोनित गरेका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पुर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।
एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार भएको बैंक हो । यस बैंकले मुलुकभर ३ सय ६० शाखा कार्यालयहरू, ५ सय ५६ एटिएम, १ सय १० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूह सम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको वैंकका कर्णाली प्रदेश प्रमुख पोखरलेले वताए ।