ठाँटिकाँधमा महिलाहरुका लागि स्वास्थ्य परिक्षण शिविर सम्पन्न
मातृभूमी संवाददाता । २५ असोज दैलेख
दैलेखको ठाँटिकाँध गाउँपालिकामा महिलाहरुका लागि स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । ठाँटिकाँध गाउाँपालिका वडा नम्बर १, २ र ६ मा महिलाहरुको आङ खस्ने समस्याको जाँच तथा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर परिक्षण शिविर सम्पन्न भएको हो ।
ठाँटिकाँध गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा संचालन भएको शिविरमा १ सय ५० जनाले निःशुल्क सेवा लिएका छन् भने एकजना संकास्पद बिरामी भेटिएको बताइएको छ । त्यस्तै आङ खसेका ७ जना मध्ये ३ जनामा रिङ प्रेसरी राखिएको, ३ जनालाई रेफर गरिएको र १ जनालाई शारिरिक ब्याम गर्न सिकाइएको ठाँटिकाँध गाउँपालिकाका स्थास्थ्य शाखा प्रमुख रविन्द्र भण्डारीले जानकारी दिए ।