गुराँस गाउँपालिका पाँच नम्बर बालमैत्री वडा घोषणा
मातृभूमी संवाददाता । २५ असोज दैलेख
कणर्ाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार बीसीले राम्रो कामको लागि सबैले सक्दो प्रयास गर्न आग्रह गर्नुभएको छ । गुराँस गाउँपालिका-५ लाई बालमैत्री वडा घोषणा कार्यक्रममा उहाँले भन्नुभयो सबैले आत्मसमीक्षा गरौं मैंले कति राम्रो काम गरें ।
मन्त्री बीसीले प्रदेश सरकारको श्रोत अनसार विकास गतिविधिमा रकम आए अनुसार योजनाको पारदर्शिता र गुणस्तरीयताको निम्ति सबैले समयमा चासो दिनुपर्ने सुझाव दिनुभयो ।त्यसबखत कणर्ाली प्रदेशसभाका सदस्य पूणर्बहादुर खत्रीले गुराँस गाउँपालिका क्षेत्रमा सेभ द चिल्ड्रेन र सोसेकले सहयात्रा परियोजना मार्फत बालबालिकाको हितमा राम्रो कामहरु भएको भन्दै प्रशंसा गर्नुभयो ।
गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसीले विकास गतिविधिमा संघीय सरकार, प्रदेश र स्थानीय तहको सहकार्यता बढाउनपर्ने आवश्यकता औँल्याउनुभयो । गाउँपालिकाका उपाध्यक्ष शिवा खड्काले बालमैत्री वडा घोषणापछि बालबालिका क्षेत्रमा लगानी र सेवा सुविधा बढाउन चुनौती थपिएको बताउनुभयो । गुराँस गाउँपालिका-५ का वडाध्यक्ष भूपेन्द्रबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाजका प्रतिनिधिको मन्तव्य र बालबालिकाका रचनाहरु प्रस्तूत गरिएको थियो ।