डुङ्गेश्वर गाउँपालिका अध्यक्ष केसीले पाउने सेवा सुविधाबाट कल्याणकारी कोष स्थापना
मातृभूमी संवाददाता । १७ कार्तिक दैलेख
दैलेखकाे डुङ्गेश्वर गाउँपालिका अध्यक्ष सुन्दर कुमार केसीले आफुले सरकारी तलब भत्ताबाट कल्याणकारी कोष स्थापना गर्नुहुने भएको छ । गरिबीको रेखामुनी रहेका र जेहेन्दार विद्यार्थीहरुको शिक्षामा सहयोग गर्नेगरी अध्यक्ष केसीले आफ्नो तलब भत्ताबाट कल्याणकारी कोष स्थाना गर्न लाग्नुभएको हो ।
गाउँपालिका अध्यक्षलाई राज्यले दिने मासिक सेवा सुविधा नलिने घोषणा गर्नुभएका अध्यक्ष केसीले उक्त रकमबाट कल्याणकारी कोष स्थापना गर्ने बताए । प्रत्येक महिनाको सेवा सुविधालाई कोषमा जम्मा गरि त्यही कोषबाट जेहेन्दार र गरिबीको रेखामुनी रहेका परिवारका विद्यार्थीको शिक्षा दिक्षामा सहयोग गरिने अध्यक्ष केसीले जानकारी दिए । उले भने म जनप्रतिनिधि भएको हैसियतमा मलाई राज्यले दिने सेवा सुविधालाई नलिने र उक्त रकमबाट अक्षय कोष बनाएर जेहेन्दार र गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुको शिक्षामा सहयोग गर्ने योजना बनाएको छु ।
अध्यक्ष केसीले आफु जनताको काम गर्न आएको भन्दै रकम अभावकै कारण शिक्षा आर्जन गर्न नसक्ने विद्यार्थीहरुलाई सानै भएपनि कोषबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।