युएईद्वारा नेपालसामु १३५ रनको लक्ष्य प्रस्तुत

मातृभूमी संवाददाता । १७ कार्तिक काठमाण्डाै
टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन वनाएकाे हाे ।

युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४, कप्तान मोहम्मद वासिमले २६ रन बनाएका थिए । नेपालबाट कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । उनले ३ ओभरमा ११ रनमात्र खर्चेका थिए । सन्दीप लामिछानेले २ विकेट लिए । १८ औं ओभर विकेट मेडन राखेका उनले ४ ओभरमा १४ रनमात्र खर्चे ।

सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । उनले नै चौथो ओभरमा आफ्नै बलिङमा फलो थ्रुमा बल टिपेर सिधा थ्रोमा ओपनर खालिद साहलाई ३ रनमा रनआउट गरेका थिए । सोमपालले नै वासिमको विकेट लिएका थिए । कप्तान रोहित पौडेलले पनि १ विकेट लिए ।

ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्र अघि भएको नेपाल ट्वान्टी-२० आई शृंखलामा नेपालले यूएईलाई मुलपानीमा भएको दुबै खेलमा पराजित गरेको थियो । तर कीर्तिपुरमा भएको फाइनलमा यूएईले नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।

गत वर्ष ओमानमा सेमिफाइनलमा यूएईसँगै पराजित हुँदा नेपाल ट्वान्टी-२० विश्वकपमा छनोट हुन असफल भएको थियो । यूएईले नेपाललाई ६८ रनले पराजित गरेको थियो ।

ट्वान्टी २० विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा पुग्ने टोली अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने विश्वकपमा पुग्ने छन् । कीर्तिपुरमा भएको अर्को सेमिफाइनलमा बहराइनले ओमानलाई १ सय ७ रनको लक्ष्य दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *