घाइतेहरुको उपचारमा कमी हुन नदिन मन्त्री बिसी र शाहीको निर्देशन
मातृभूमि संवाददाता । १८ कार्तिक दैलेख
गएराती जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परि हालसम्म १ सय ४० जनाको मृत्यू भएको छ । सबैभन्दा बढी प्रभावित जाजरकोट र रुकुम पश्चिममा ६.४ रेक्टर स्केलको भूकम्पमा परी उनीहरुको ज्यान गएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यसैबीच, प्रदेश सरकारले घाईतेहरुको उद्वार कार्य भैरहेको छ । यो समाचार तयार पार्दासम्म प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा १३ जना घाईतेहरुको उपचार भैरहेको छ ।
अस्पतालका इर्मजेन्सी विभाग प्रमुख डा. सोनाई गिरीका अनुसार हालसम्म १३ जनालाई अस्पतालमा ल्याई उपचार सुरु गरिसकिएको छ ।
यसैबीच, प्रदेश अस्पतालमा घाईतेहरुको अवस्था र उपचारबारे भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्री मंगल शाही र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण विसीले अनुगमन गरेका छन् ।