प्रतिनिधी सभा सदस्य थापाको नेतृत्वमा दैलेखको उद्धार टोली जाजरकोट प्रस्थान

मातृभूमी संवाददाता । १८ कार्तिक दैलेख
जाजरकोट भुकम्पमा परी घाईतेहरुको खोज तथा उद्धारका लागि दैलेखको टोली जाजरकोट गएको छ । दैलेख निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य अम्मर वहादुर थापाको नेतृत्वमा उद्धार टोली जाजरकोट गएको हो । प्रतिनिधी सभा सदस्य थापाको नेतृत्वमा दैलेख अस्पतालका डाक्टर धर्मराज रेग्मी सहितको टोली एम्बुलेन्स लिएर जाजरकोट र रुकुममा भुकम्पद्वारा क्षतीग्रस्त क्षेत्रमा उद्धारका लागि गएको जनाईएको छ ।
प्रतिनिधी सभा सदस्य थापाले सामाजिक संजाल फेसवुकमा जाजरकोट जाँदै गर्दाको फोटो राखेर आफ्नो नेतृत्वमा उद्धार टोली जाजरकोट हिडेको उल्लेख गरेका छन् । प्रतिनिधी सभा सदस्य थापाले लेखेका छन्, ‘मेरो नेतृत्वमा दैलेख जिल्ला अस्पतालका डाक्टर सहित एम्बुलेन्स लिएर जाजरकोट र रुकुममा भुकम्पद्वारा क्षतीग्रस्त क्षेत्रमा उद्धारका लागि प्रस्थान गरियो ।’
याे पनि पढ्नुहाेस्

https://mccnepal.com.np/2023/11/04/9615/

यस्तै जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय २९ जना पुगेको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार जाजरकोटमा ९२ जना र रुकुमपश्चिममा ३७ गरी एक सय २९ जनाले ज्यान गुमाएका हुन् । भूकम्पमा परेर अहिलेसम्म एक सय ४० जना घाइते भएका छन् । जाजरकोटमा ५५ र रुकुमपश्चिममा ८५ जना घाइते भएका हुन् ।
गएराती ११ः४७ मिनेटमा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका छन् । घाइते भएका र अरुको उद्धारको काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *