मन्त्री वि.सी.द्धारा भूकम्पवाट सिर्जीत विपति प्रति दुःख व्यक्त
मातृभूमी संवाददाता । १८ कार्तिक दैलेख
कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्ण कुमार बि.सी.ले जाजरकोट भुकम्पमा परी ज्यान गुमाएका परिवारका सदस्यहरु प्रति दुःख व्यक्त गरेका छन् । मन्त्री वि.सी.ले प्रेस विज्ञप्ती जारी गर्दै गएराति ११ः४७ मिनेटमा जाजरकोटलाई केन्द्र बिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले कर्णाली प्रदेशमा सिर्जना गरेको विपति प्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
मन्त्री वि.सी.द्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यो विपत्तिमा परि दिवंगत हुने सबै मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै शोक सन्तप्त परिवारहरुमा समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । कर्णाली प्रदेशमा आएको यस्तो महाविपतिको बेला आम कर्णाली जनता एकजुट भई उद्धार तथा राहत सहयोगमा जुट्न समेत विशेष अनुरोध गर्दछु र आफ्नो तर्फबाट हरप्रकारको सहयोगका लागि प्रतिवद्धता व्यक्त गर्दछु । साथै उद्धार तथा राहत सहयोगको लागि कर्णाली प्रदेश सरकारले कदम चालीसकेको छ । कर्णाली प्रदेश र कर्णालीवासीमा आई परेको यो महाँ विपत्तिमा हर प्रकारको सहयोगका लागि राष्ट्रिय अन्र्तराष्ट्रिय समुदायवाट सहयोगका लागि हार्दिक अपिल गर्दछ ।’