जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ३६ पुग्यो
मातृभूमी संवाददाता । १८ कात्तिक
काठमाडौं जाजरकोटमा गएको भूकम्पमा परी एक सय ३६ जनाले ज्यान गुमाएका छन्। प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार जाजरकोटमा ९८ र रुकुम पश्चिममा ३८ जना रहेका छन् ।
जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ गरी १६६ जना घाइते रहेको प्रहरीले जनाएको छ । ३३ जना जाजरकोटमा उपचाररत छन् भने २२ जना सुर्खेत रिफर गरिएको छ भने रुकुम पश्चिममा ३० जना डिस्चार्ज, ४० उपचाररत र १५ जनालाई सुर्खेत र नेपालगञ्ज पठाइएको छ ।