नेपालद्वारा ओमानसामु १८५ रनकाे विशाल लक्ष्य प्रस्तुत

मातृभूमी संवाददाता । १९ कार्तिक काठमाण्डाै
टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालयकाे क्रिकेट मैदानमा भएकाे खेलमा नेपालले ओमानलाई १८५ रनकाे लक्ष्य दिएकाे हाे ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५२ र गुल्सन झाले ५४ रन बनाए । अव केहि वेरमा ओमानले व्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *