कर्णाली सरकारले मृतकका परिवारलाई २ लाख दिने
मातृभूमी संवाददाता । २५ कात्तिक सुर्खेतः
भूकम्पका कारण आफन्त गुमाएका परिवारलाई कणर्ाली सरकारले तत्काल २ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा ज्यान गुमाएका मृतकका परिवारलाई तत्काल उक्त रकम उपलब्ध गराउने निणर्य गरेको हो । प्रतिमृतक २ लाखका दरले रकम उपलब्ध गराउने निणर्य भएको प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।
भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा शुक्रबारसम्म १५४ जनाको मृत्यु भएको छ । मृतकका परिवारलाई प्रति मृतक २ लाख रुपैयाँ दिने निणर्य प्रदेश सरकारले गरेको हो। मन्त्री जिसीले भने मृतकका परिवारलाई तत्काल यो रकम दिने निणर्य भएको छ, उद्धार र राहतमा जुट्दा निणर्य गर्न केही ढिला हुन पुग्यो। अब चाँडै पीडितले यो रकम पाउँछन्, पीडितको राहतका लागि सरकारले विस्तारै अरू निणर्य गर्दै जानेछ।’ यस्तै प्रदेश सरकारले भूकम्पमा घाइते भएकाहरूलाई पनि उपचार खर्च उपलब्ध गराउने निणर्य गरेको छ ।
घाइतेहरू उपचार खर्च कार्यविधि अनुसार दिने निणर्य मन्त्रिपरिषद्ले गरेको छ। घाइतेको प्रकृति हेरेर खर्च दिने निणर्य भएको मन्त्री जिसीले जानकारी दिए। उनका अनुसार तिहारपछि घाइतेले उपचार खर्च पाउने छन्। यस्तै मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई तत्काल किरिया खर्च पनि उपलब्ध गराउने निणर्य गरेको छ ।
मन्त्री जिसीले भने, एक जना मृतक भएको परिवारले २५ हजार रुपैयाँ किरिया खर्च पाउनेछन्, यदि परिवारका सबै जना मृतक भएको खण्डमा त्यस्ता परिवारलाई ५० हजार रुपैयाँ किरिया खर्च वापत दिने निणर्य भएको छ । मन्त्रिपरिषद्को बैठकले भूकम्पका कारण भत्किएका संरचनाहरूको पुनर्निर्माणका लागि संघीय सरकारसँग सहयोग माग्ने निणर्य गरेको छ।प्रभावित क्षेत्रमा स्थायी संरचनाहरू निर्माणका लागि आवश्यक पर्ने स्रोत, साधन र जनशक्ति उपलब्ध गराउन प्रदेश सरकारले संघीय सरकारलाई अनुरोध गर्ने निणर्य पनि गरेको छ। त्यसैगरी पीडितका लागि अस्थायी आवास निर्माणको जिम्मा भौतिक पूर्वाधार मन्त्रालयलाई जिम्मा दिने निणर्य भएको मन्त्री जिसीले बताए ।